नुवाकोटबाट कलकत्ता पुर्याएर मृगौला बेचिदिने दर्जी पक्राउ
काठमाडाैं | पुस १८, २०८०
काठमाडौं: मानव अंग मृगौला बेचबिखन कार्यमा संलग्न रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नागरपालिका–१३ का ४३ वर्षीय हरी नेपाली भनिने हरी दर्जी रहेका छन् ।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
दर्जीले पीडितलाई भारतको कलकत्तामा म:म पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने प्रलोभनमा पारेर भारत लगेका थिए ।
ति पीडितलाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ताको अस्पताल पुर्याएर बेहोस पारी मृगौला झिकेर अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेर फरार थिए ।
अस्पतालमा बेहोस पारेर अर्कै व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरी पिडीतलाई ६ लाख दिएपछि मात्र पीडितले आफ्नो मिर्गौला बेचिएको थाहा पाए। पीडितले बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए।
त्यसपछि प्रहरीले पाएको सूचनाको आधारमा फरार रहेका दर्जीलाई खोजतलास गरेको थियो ।
हाल पक्राउ परेका दर्जीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

